यदि तपाई वा तपाईको साथी बलजफ्ती विवाहमा फस्नु भएको छ वा विवाहको लागि बाध्य गराइँदैछ भनेर चिन्तित हुनुहुन्छ भने, कृपया मद्दत उपलब्ध छ र तपाई एक्लै हुनुहुन्न भन्ने कुरा थाहा पाउनुहोस्।
तपाई डराउनुभएको छ वा आफ्नो भविष्यप्रति अनिश्चित हुनु हुन्छ होला र आफ्नो भावना तथा कर्तव्यका बारेमा अन्योलमा हुनु होला। तपाईले यस पृष्ठमा भएका नम्बरहरुमध्ये एउटामा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ।
तपाईको उमेर, देश वा तपाई कुन पारिवारिक पृष्ठभूमिबाट आएको, तपाई पुरुष हो या महिला, तपाईको धर्म वा सँस्कृति के हो भन्ने कुराले केही फरक पर्दैन – कसैले पनि तपाईको इच्छाविना तपाईलाई विवाह गर्न बाध्य बनाउन पाउँदैन।