यदि तपाई बलजफ्ती विवाहमा फस्नु भएको छ वा विवाहको लागि बाध्य गराइँदैछ भनेर चिन्तामा हुनुहुन्छ भने, कृपया थाहा पाउनुहोस् मद्दत उपलब्ध छ, तपाई एक्लै हुनुहुन्न कुरा।
तपाई डराउनु भएको छ वा आफ्नो भविष्यप्रति अनिश्चित हुनु हुन्छ होला र आफ्नो भावना तथा कर्तव्यका बारेमा अन्योलमा हुनु होला। तपाईले यस पृष्ठमा भएका नम्बरहरुमध्ये एउटामा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ।
तपाईको उमेर, देश वा तपाई कुन पारिवारिक पृष्ठभूमिबाट आएको, तपाई पुरुष हो या महिला, तपाईको धर्म वा सँस्कृति के हो भन्ने कुराले केही फरक पर्दैन – कसैले पनि तपाईको इच्छाविना तपाईलाई विवाह गर्न बाध्य बनाउन पाउँदैन।
यदि तपाईलाई सुझाव चाहिएमा (02) 9514 8115 मा फोन गर्न सक्नुहुन्छ वा help@mybluesky.org.au मा इमेल गर्न वा 0481 070 844 मा टेक्स्ट सन्देश पठाउन सक्नुहुन्छ। तपाईलाई आवश्यक परेको खण्डमा दोभाषे उपलब्ध गराएर तपाईलाई सहयोग गर्न सक्छौँ।
असुरक्षित महसुस भइरहेको छ? यदि कुनै आकस्मिक अवस्था छ वा तपाई घाइते हुनुभएको छ भने तीन शून्य (000) मा जुनसुकै फोनबाट पनि सम्पर्क गर्न सक्नु हुन्छ।
के हो बलजफ्ती विवाह?
जब कुनै व्यक्तिको स्वतन्त्रता र पूर्ण सहमतिविना विवाह हुन्छ त्यो बलजफ्ती विवाह हो। यस्तो विवाह हुन सक्छ किनभने उनीहरुले वैवाहिक समारोहको प्रकृति तथा प्रभावलाई बुझ्दैनन् वा उनीहरुलाई धम्की, त्रास देखाउने वा छल गरिन्छ। यसमा उनीहरुको परिवारबाट भावनात्मक दबाब, धम्की, वास्तविक शारीरिक चोट दिने, वा कसैसँग विवाह गरिदिनका लागि जालसाँझी गर्ने लगायतका गतिबिधि पर्न सक्छन्। मानिस तथा परिवारहरुमा यस किसिमको विवाहको दीर्घकालीन प्रभाव पर्न सक्छ र अष्ट्रेलियामा यो कानुनविपरीत हुन्छ।
बलजफ्ती विवाहको बारेमा थप जानकारी तल डाउनलोड गर्नुहोस्ः
